Skip to content
My Perspective
Go back

Intimate Partner Violence (IPV)

Written by Keshav Rijal

INTIMATE PARTNER VIOLENCE (IPV)

भारतमा २८ बर्षका अफ्ताब अमिन पुनावलालाई आफ्नो प्रेमिका (live-in partner), २७ बर्षकि श्रद्धा वालकरको निर्मम हत्याको आरोपमा दिल्ली प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दै छ । मिडियाका अनुसार अफ्ताबले श्रद्धाको हत्या गरि उनकाे लाशलाई ३० टुत्रा पारी  शहरको विभिन्न ठाँउमा फालेको तथ्य भेटिएको जनाएको छ । 

आखिर  कसरी र किन एउटा प्रेमीले प्रेमिकाको हत्या गर्नसक्छ /गर्छ ? किन श्रीमान र श्रीमतीको बीचमा हिंसा हुन्छ ? यो लेखमा हामी येसैको उत्तर खोज्ने प्रयास गर्छौं । 

Intimate Partner Violence के हो ?

intimate relationship भएका ब्यक्तिहरुबिच हुने त्यस्ता व्यबहारहरु जसले पीडितमा शारीरिक, मानसिक, मनोबैज्ञानिक, योनिक रुपमा हानि नोक्सानी पुर्याउछ तेस्ता व्यबहारलाई intimate partner violence भनिन्छ । (ipv can be said to refer to ‘any behaviour within an intimate relationship that causes physical, psychological or sexuall harm to those in relationship’)

यसलाई literatureहरुमा roughly domestic violence, spousal abuse, domestic abuse, dating violence पनि भन्ने गरेको पाईन्छ । intimate relationship भन्नाले dating, cohabiting, married, same sex जस्ता सम्बन्धहरुलाई जनाउँछ । 

ipvको victim महिला, पुरुष र अन्य लिङ्ग जो कोहि हुन सक्ने भएता पनि  विभिन्न शाेधहरुका अनुसार पुरुषहरु (२०%-३०%) भन्दा महिलाहरु( ७०%-८०%)  ipvको victim धेरै  हुने  गरेको पाइएको छ । 

IPVको risk factorहरु भनेको  के हो र ती के के हुन्  ?

ipvको risk factor भनेको त्यस्ता कुरा/कारण/ तत्वहरु हो जसले ivp हुने संभावना बढाउँछ ।  कस्ता मानिसहरु ipv गर्ने जोखिममा हुन्छन् त ? ipvको risk factorहरु निम्न बमोजिम उल्लेख गर्न सकिन्छ:

१. त्यस्ता मानिस जसको असामाजिक ब्याक्तित्व छ, हिंसाको इतिहास (criminal track-record)  छ, मदिरा र लागु-औसध सेवन गर्ने बानी छ र जो बेरोजगार छ त्यस्ता मानिसहरु ipv गर्ने  जोखिममा हुन्छन् । 

२. तिब्र यौन इर्ष्या (sexuall jealousy), आफ्नो partnerको freedom limit गर्ने, आफ्नो partnerलाई निरन्तर नियत्रण र निगरानीमा राख्ने, (को सँग हिँड्छे, बोल्छे, के खान्छे, कता जान्छे कस्तो कपडा  लाँउछे भन्ने विषयमा धेरै चासो र सङखा गर्ने) र महिला partnerको अर्थिक स्रोतमा नियन्त्रण गर्ने पुरुषहरू पनि ipv गर्ने उच्च जोखिममा हुन्छन् । 

३. partnerहरु बीच हुने उमेरको फरक ( age difference) पनि ipv  को risk factor हो । partnerहरु बीच उमेरको फरक धेरै भयो भने ipv हुने संभावना  धेरै हुन्छ ।

४. सम्बन्ध टुट्नी डर ( threat of separation) 

पनि ipvको risk factor हो । सम्बन्ध टुटाउने महिलाहरुको चेतावनीको प्रतिक्रियाको स्वरुपमा  सम्बन्ध न छुटाेस भनेर पुरुषहरू हिंसा गर्ने गर्छन् । दमन गर्छन् । बलजफती सम्बन्ध टिकाउन कोसिस गर्छन् । 

५. महिलाहरुलाई हेर्ने पुरुषहरूको दृष्टिकोण पनि ipv को risk factor हो । जुन समाजमा महिला भनेका पुरुषहरु भन्दा कम्जोर हुन्छन् , महिला भनेको पुरुषको सम्पत्ति हो, महिलाको प्रमुख काम भनेको श्रीमान् लाई खुशी राख्नु हो आदि  ( पितृसत्तात्मक सोँचले ग्रसित )  भन्ने culture र सामाजिक सिकाइ छ/ हुन्छ त्यस्ता समाजका पुरुषहरू ipv गर्ने उच्च जोखिममा रहेका हुन्छन् ।


Share this post:

Previous Post
Benevolent Sexism
Next Post
Patriarchy, Capitalism, and Equality