Skip to content
My Perspective
Go back

I want a Wife

Written by Keshav Rijal

JUDY BRADY को निवन्ध I want a Wife १९७० को दशकमा शक्तिशाली निबन्ध मान्निथ्यो । उक्त निबन्धको नेपालीमा खस्रो भावानुवाद यहाँ प्रस्तुत गरिएको छ ।

म मानिसहरुको वर्गिकरणमा श्रीमती भन्ने वर्गमा पर्छु । म एउटी श्रीमती हुँ । र म आमा पनि हँु ।

अस्ति र्भखरै मेरो एकजना केटा साथीसँग भेट भयो । उसको र्भखरै divorce भएको रहेछ । उसकोdivorce भएको श्रीमतीबाट एउटा बच्चा पनि रहेछ । उ अहिले अर्की श्रीमतीको खोजिमा छ ।

एकदिन कपडामा आइरन लगाउँदै गर्दा उसको कुरा सम्झदै थिए फ्याट्ट मेरो दिमाखमा पनि एउटा श्रीमती पाएत म पनि राख्थे होला भन्ने लाग्यो ।

 साँच्चै मलाई किन चाहियो श्रीमती ?

म फेरी स्कुल जान्थँे ताकी म आर्थिक रुपमा आत्मर्निभर हुन सकँु । आफुलाई चाहिएको खर्च गर्न सकुँ । ममा आश्रित अरुलाई सहयोग गर्न सकँु । आफु काम गरेर मलाई स्कुल पठाउने श्रीमती चाहिएको छ । म स्कुल गएको बेला मेरो बच्चाहरुको ख्याल राखोस् । श्रीमतीले मेरो बच्चाहरुको खोप, डाक्टरसँगको appointment को बारेमा ध्यान देओस् । यस्तै कुराहरुमा मेरो पनि ध्यान देओस्  । बच्चहरुले सफा कपडा लाएको र राम्रो खाना खाएको सुनिश्चित गर्न मलाई एउटा श्रीमती चाहिएको छ । बच्चाहरुको कपडा धुन र आइरन लगाउन पनि मलाई श्रीमती चाहिएको छ । बच्चाहरुलाई बेला बेलामा फन पार्कहरु, जु जस्ता ठाउँमा लगिदिने, बच्चाहरुलाई उनीहरुको साथीसगँ बेला बेलामा पिकनिक जाने व्यवस्था गरिदिने श्रीमती चाहिएको छ ।

कहिले काँहि बच्चाहरु बिरामी पर्दा श्रीमतीले आपm्ने कामबाट समय मिलाएर बच्चाहरुको स्याहार गरोस् । मैले स्कुल छोड्ने त कुरौ भएन । श्रीमती कहिले काँही उसको काममा नजाँदा अलि अलि उसको तलब काटियो भने पनि म सहन्छु । अब मैले भन्नै र्पदैन होला श्रीमती कमाउने भएपछि बालबच्चाको खर्च त उसले नै गरिहाल्छे ।  मेरो शारीरिक आवश्यकताहरु पुरा गर्ने श्रीमती चाहिएको छ । मलाई घर सफा राख्ने, मेरो कपडा धुन, आइरन लगाउन श्रीमती चाहिएको छ । सामानहरु ठिक ठिक ठाउँमा जतनसँग राख्न र खोजेको बेलामा पाउने गरि राख्न पनि श्रीमती चाहिएको छ । घरमा चाहिने किनमेलको ध्यान राख्न मलाई श्रीमती चाहिएको छ । म विरामी भएको बेलामा मेरो ख्याल राख्न र मेरो स्कुल छुटेको बेलामा सान्तोना दिन पनि श्रीमती चाहिएको छ । हाम्रो परिवारले खब vacation लिएको बेला श्रीमती पनी हामीसगँै आओस जसले गर्दा खबvacation मा पनि म र मेरो परिवारको राम्र्रो सँग रेखदेख होस् ।

श्रीमतीको duty गर्न पर्यो भनेर किच किच नगर्ने श्रीमती चाहिएको छ । तर मेरो पढाइको विषयमा मलाई छलफल गर्न श्रीमती चाहिएको छ । मेरो शोधपत्रहरु type गर्न पनि मलाई श्रीमती चाहिएको छ । मेरो सामाजिक जीवनको ख्याल राख्न पनि मलाई श्रीमती चाहिएको छ । सामाजिक कार्यहरुमा सरिक हुँदा बच्चाहरुको ख्याल राख्न पनि मलाई श्रीमती चाहिएको छ । मैले मेरो साथीहरुलाई घरमा बोलाउँदा घर सफा राख्न र खुसीसाथ मिठो पकाएर खुवाउन श्रीमती चाहिएको छ । कफी, चीया, खाना, वाइन, ashtray को राम्रो व्यवस्था गर्न पनि मलाई श्रीमती चाहिएको छ । म आफैलाई पनि कहिले काँही night out जानर्पछ भनेर बुझ्ने श्रीमती चाहिएको छ ।

मेरो इच्चा भएको बेलामा passionately and eagerly मेरो यौन इच्छाहरु पुरा गर्न र मेरो यौन चाहानाहरुमा संवेदनशील हुन श्रीमती चाहिएको छ । मलाई mood नभएको बेलामा अनावश्यक sexual attention हरु नखोज्ने श्रीमती चाहिएको छ । birth control मा मेरो श्रीमतीले पुर्ण जिम्मेवार लिओस् किनभने मलाई धेरै बच्चा चाहिदैन । मलाई म प्रती sexually faithfull चाहिएको छ । किनभने म मेरो बौद्धिक उर्जा मेरो श्रीमती को सगँ कता लागि भनेर खर्च गर्न चाहान्न ।And I want a wife who understands that my sexual needs may entail more than strict adherence to monogamy. I must, afterall, be able to to relate to people fully as possible.

कथमंकदाचित्, मैले मेरो अहिलेको श्रीमती भन्दा राम्रो अर्को कुनै महिला, श्रीमती बनाउन सक्ने अवस्था भयो भने, श्रीमती फेर्ने अधिकार पनि म सगँ होस् ।

जब म पढेर सक्छु अनि जागीर खान्छु त्यसपछि चाहिँ मेरो श्रीमतीले आफ्नो काम छोडोस् अनि पूर्ण रुपमा श्रीमतीको जिम्मेवारी पुरा गरोस् ।

ओहो!  भगवान् कसलाई चाँही श्रीमती नचाहिएला ??

मेरो भन्नु

यस निवन्धले एउटा श्रीमतीहरुबाट उनीहरुको श्रीमान र समाजले के कस्तो अपेच्छा र्गछ भनेर देखाएको छ । एउटा श्रीमानको नजरमा असल श्रीमती कस्तो हुन्छ भन्ने कुराको चीत्रण यो निबन्धले गरेको छ ।विवाहको सस्था भित्र असमान लैंगीक भुमीका(gender role)­­ को कुरा यस निबन्धले टट्कारो उठाएको छ ।

तत्कालिन युरोपियन समाजको सन्र्धभमा लेखिएको यो निबन्धले चित्रण गरको श्रीमान र श्रीमतीको सम्वन्धमा आज धेरै परिवर्तन आएको छ । श्रीमान र श्रीमतीको भुमिकामा परिवर्तन आएको छ । तर पनि विवाहको सस्था र पारिवारिक संरचना भित्र श्रीमान र श्रीमतीको समान हैसियत भने अझै बनिसकेको छैन । यो समाजले श्रीमान र श्रीमतीमा समान किसिमले दायीत्व र र्कतव्य लागु गराउन सकेको छैन । विवाह र पारविारक संरचना भित्र महिला र पुरुषको समान हैसियत स्थापित नभएसम्म महिला र पुरुष विच सारभुत रुपले समानता हँुदैन ।

त्यसैले, विवाह र परिवारमा महिला र पुरुषको समान हैसियत हुने खालको औपचारिक नीती नियम देखि अनौपचारिक समाजिक, साँस्कृतिक मुल्य मान्यता निर्माण गर्न आवश्यक देखिन्छ ।

 

चरैवेती ।

चरैवेती ।।


Share this post:

Previous Post
THE LUCIFER EFFECT
Next Post
तीन प्रश्न