Skip to content
My Perspective
Go back

Aetiology of sexual offending

Written by Keshav Rijal

Aetiology of Sexuall Offending

यौन सम्बन्धी कसूर किन हुन्छ भन्ने बिसयमा ठ्याक्कै hard and fast rule भेटिदैन । यौन सम्बन्धी कसूरको aetilology बुझ्नलाई विभिन्न खाले दृष्टिकोणहरु (approach) बिकास भएका छन् । र यस विषयमा शाेध अझै जारी छ ।

नेपालको कानूनले जबर्जस्ती करणी, हाडनातामा करणी, यौन दुव्र्यवहार, बालयौन दुरुपयोग, अप्राकितिक मैथुन जस्ता कसूरलाई यौन सम्बन्धी कसूर मानेको छ ।

महिला, यौन सम्बन्ध र जबर्जस्ती करणी जस्ता विषयमा पुरुषहरूको कस्तो धारणा, मनोदृस्टि, सोचाइ र बुझाइ छ भन्ने कुराको यौन सम्बन्धी अपराध सँग सोझो सम्बन्ध छ ।

यौन सम्बन्धि कसूरका कसुरदारहरुसँग कसूरलाई ‘justify’ गर्न उनीहरुसंग offence-supportive beliefsमा आधारित ‘implicit theory’हरु हुन्छ । उनीहरु त्यही offence supportive beliefsमा बिश्वास गरि आफ्नो सामाजिक व्यवहार गर्दछन् र कसूर समेत गर्न पुग्दछन ।

तेस्ता implicit theoryहरु के के हुन् त ?

१. Women are unknowable (महिलाहरूलाई चिन्नै सकिदैन):

यो theoryमा बिश्वास गर्नेहरू, महिला र पुरुष आधारभुत रूपमै फरक हुन्छन् । उनीहरु जन्मले नै लजालु, ‘चालु’, घुसघुसे हुन्छ्न् त्यही भएर उनीहरुले नाइँ (no) भने पनि हुन्छ/ ल (yes) नै हुन्छ [when women say ‘no’ they really mean ‘yes’] भनेर बुझ्दछन ।

२. Women as a sex objects (महिलाहरु भनेका यौनका बस्तुहरु हुन्):

यो theory मान्नेहरु के बिश्वास गर्दछन भने, महिलाहरुलाई यौन मनपर्छ र त्यही भएर उनीहरु जहिले पनि यौन गर्न तयार हुन्छन् (constantly sexually receptive) त्यस कारण बल प्रयोग गरेर sex गरे पनि महिलाहरूले वास्तवमा यौनको आनन्द लिएकै हुन्छन् ।

३. Male sex drive is uncontrollable (पुरुषको यौन ईच्छा नियन्त्रण गर्नै सकिँदैन):

यो implict theoryमा बिश्वास गर्नेहरूको बुझाई हुन्छ भने, यौन गर्न मन लागे पछि यौन गर्नैपर्छ । त्यसलाई दबाउनै सकिँदैन । भोक लाग्दा खाना खानु परे जस्तै जब sex गर्न मन लाग्छ तब तत्कालै sex गर्न पाउनु पर्छ ।

४. entitlement (हक):

पुरुषहरूले आफूलाई ईच्छा लागेको हरेक कुराहरू पूरा गर्न पाउनु पर्छ । यो उनीहरुको अधिकार हो। यौन पनि मनलागे पछि गर्न पाउनु पर्छ भन्ने entitlement theory मान्ने हरुको बुझाई रहेको हुन्छ ।

५. Dangerous world (खराब संसार):

यो theoryमा बिश्वास गर्नेहरु के ठान्दछ्न भने, संसार खराव छ। जस्ले जे गर्न सक्छ त्यही गर्ने हो । आफ्नो मनको कुरा गर्ने हो। भलाईको त जमाना नै छैन ।

जुन जुन पुरुषहरुमा माथी उल्लेख गरिएको implicit theoryहरुमा बिश्वासको प्रचुरता हुन्छ तेस्ता पुरुषहरू rape-prone हुन्छन् र तेस्ता पुरुषहरूले अनुकुल समय र वातावरण पाएमा sexual offence गर्छन् भनेर धेरै शाेधहरुले देखाएको छ ।

rape myth / offence supportive beliefs/ implicit theoryहरु आजै बाट त्यगौँ र त्याग्न लगाँऊ ।


Share this post:

Previous Post
Patriarchy, Capitalism, and Equality